१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीका १७ वडाको परिणाम सार्वजनिक, माओवादी केन्द्र ९ ठाउँमा विजयी


3.874k
Shares

सिन्धुली । जिल्लाका ७९ वडामध्ये १७ वडामा मतगणना सकिएर परिणाम आएको छ ।

परिणामअनुसार नेकपा (माओवादी केन्द्र)ले ९, नेपाली कांग्रेसले ५ र नेकपा (एमाले)ले ३ वटा वडामा विजयी भएका छन् ।

माओवादी केन्द्र मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नम्बर वडामा विजयी भएको छ ।

यसैगरी नेपाली कांग्रेस तीनपाटन गाउँपालिकाको वडा नं २, १० र ११, हरिहरपुरगढी २, र गोलन्जोर २ मा विजयी भएको छ ।

एमाले भने हालसम्म हरिहरपुरगढीको २, तीनपाटन १ र कमलामाइ नगरपालिकाको ३ नम्बर वडामा विजयी भएको छ ।

दुई नगरपालिका र ९ वटा गाउँपालिका रहेको सिन्धुलीका सबै पालिकाहरूमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ ।