८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउदै


247
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ ।

मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो ।

मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । मोदीको भ्रमण र बुद्ध जयन्तीलाई लक्षित गरी लुम्बिनीमा भीआइपीहरू आउने क्रम सुरु भइसकेको छ । लुम्बिनी विकाश कोषले अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचार–प्रसार, सुरक्षा, पूजापाठ र शान्ती र्याली समिति बनाएर काम गरिरहेको छ । बुद्धस्थलको प्रवद्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएको छ ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एम.आई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा परीक्षण उडान गरेका छन् । त्यसअघि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए ।

उहाँ लुम्बीनी भ्रमण सकेर आजै स्वदेश फर्कनु हुनेछ ।