२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२ सय ९० स्थानीय तहको मत परिणाम सार्वजनिक


1.755k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म २ सय ९० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणाममा नेपाली कांग्रेसले १ सय २९ वटा स्थानीय तह विजयी भएकाे छ । नेकपा एमाले भने ८२ पालिकामा विजयी भएकाे छ। त्यस्तै नेकपा माओवादी केन्द्र ६१ पालिकामा विजयी भएकाे छ । एकिकृत समाजवादी चार ठाउँमा विजयी हुँदा जनता समाजवादी पार्टीले दुई वटा पालिका विजयी भएकाे छ ।

८ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । देशभर मतगणना जारी रहेका ठाउँमा नेपाली कांग्रेसले सबै भन्दा बढी १ सय ७५ पालिका प्रमुख र १५५ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले १ सय १४ पालिका प्रमुख र १३६ उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले ५३ पालिका प्रमुख र ७१ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपाल २७ पालिका प्रमुख र २५ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी १७ प्रमुख र १४ उपप्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने ११ पालिका प्रमुख र ९ उपप्रमुखमा अगाडि रहेको छ ।