८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बर्दियामा गुलरिया नगरपालिकाकाे मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी


221
Shares

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गुलरिया नगरपालिकाको मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सबित्रा गौतम विजयी भएका हुन् । मेयरमा विजयी यादवले ७ हजार ९८९ मत पाउनुभएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाउनुभएकाे हाे ।

अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४ सय ७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।

गुलरिया नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी साबित्रा गौतम ८ हजार २०७ मतसहित विजयी हुनुभएकाे छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाउनुभएकाे छ।

माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ३ हजार ९ सय ३९, जनमत पार्टीकी मिना यादवले २ हजार ९ सय५३, जसपाकी सुमित्रा चौधरीले १ हजार ६ सय ९६ र राप्रपाकी रमा थापाले १ हजार ३ सय ६७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।