२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


143
Shares

बर्दिया । बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार तिलकराम लम्साल विजयी हुनुभएकाे छ ।

उहाँले ९ हजार ४२ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८ सय १८ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे । उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिना भट्टराई विजयी हुनुभएकाे छ ।

उपमेयरमा नेकपा एमालेकी बिना भट्टराईले ८ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मञ्जु कुमारी चाैधरीले ७ हजार ६ सय ७४ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।