६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते, ६ जनाको अवस्था गम्भीर


9.1k
Shares

बुटवल । रुपन्देहीको भैरहवामा विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

मिनिट्रक अनियत्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिनुभयो ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घटनाको विस्तृक विवरण आउन बाँकी छ ।