१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनले आर्थिक गतिविधि बढाउँछ तर अर्थतन्त्रमा सुधार गर्दैन : अर्थविद् डा. अधिकारी


91
Shares

काठमाडौं । वरिष्ठ अर्थविद् डा.चन्द्रमणि अधिकारीले स्थानीय तह सदस्यको निर्वाचनले देशको अर्थतन्त्रमा सुधार नभएको बताउनुभएको छ ।

डा. अधिकारीले निर्वाचनमा भएको खर्चले अर्थतन्त्रमा सुधार ल्याउने आशा गरिए पनि त्यसो नभएको बताउनुभयो ।

नेपालको निर्वाचन, अर्थतन्त्र, उत्पादन, उपभोग र व्यापारको स्थितिले देशकै अर्थतन्त्र सुधार हुन्छ भन्ने कुरा आशा गर्न गर्न लायक नरहेको उहाँको भनाइ छ ।

उहाँले स्थानीय तह सदस्य चुनावमा औपचारिक क्षेत्रबाट भन्दा अनौपचारिक क्षेत्रबाट धेरै खर्च भएको र यसले मुलुकको अर्थतन्त्रमा ठूलो लाभ नहुने बताउनुभयो ।

बैंकभन्दा बाहिर राखिएको पैसा अहिले सबै ननिस्किएको भन्दै उहाँले संघीय र प्रदेशसभाको निर्वाचनमा सबै पैसा निस्कने बताउनुभयो ।

वरिष्ठ अर्थविद् डा. अधिकारीले स्थानीय तहको निर्वाचन आवधिक भएकाले पैसासँग तुलना गर्न उपयुक्त नहुने बताउनुभयो ।

उहाँले निर्वाचनका क्रममा सरकार वा निजी क्षेत्रबाट खर्च हुने पैसाले स्थानीय तहमा केही मात्रामा मात्रै आर्थिक गतिविधि बढाउने भए पनि मुलुककै अर्थतन्त्रमा ठूलो परिर्वतन नगर्ने दाबी गर्नुभयो ।