१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्लाहीमा जसपाले खाता खोल्यो, बसबरीयाकाे अध्यक्षमा राम सिहासन निर्वाचित


247
Shares

सर्लाही । जिल्लामा बसबरीया गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले जित निकालेको छ ।

पालिका अध्यक्ष पदमा रामसिहासन राय र उपाध्यक्षमा सरिता कुमारी साह निर्वाचित भएका हुन् । रायले ४ हजार ९४६ मत ल्याउँदा उपाध्यक्षमा कुमारीले ४ हजार ७९५ मत ल्याएर विजयी भए ।

रायका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या यादवले २ हजार ८७१ मत प्राप्त गर्नुभयाे ।

उपाध्यक्षमा कुमारीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार निभाकुमारी साहले ३ हजार २३३ मत प्राप्त गर्नुभयाे ।

योसँगै सर्लाहीमा १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ९ पालिकामा जित निकाल्दा माओवादी केन्द्रले २ र जसपाले एक स्थानमा जित हात पारेको छ ।