२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने


156
Shares

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ गतेबाट हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो ।

नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । असोज ८ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।

होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिइसकेको छ ।

प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।