१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ६ जनामा कोरोना संक्रमण


91
Shares

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४७३ जनामा गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो ।

देशभर ८ जना संक्रमित संक्रमणमुक्त हुँदा कसैको पनि मृत्यु भएको छैन ।

देशभर १ सय ४७ जना सक्रिय संक्रमित रहँदा ३५ हजार ८ सय ५२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।