
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको सुर्यबिनायक नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवारहरु बासुदेव थापा र सरिता भट्टराई (तिमिल्सिना) क्रमशः मेयर र उपमेयरमा निर्वाचित हुनुभएको हो ।
मेयरमा थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १४ हजार ७५८ मत ल्याई विजयी हुनु भएको हो भने ढुंगेलले १३ हजार २३२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपमेयरमा एमालेकै भट्टराई (तिमिल्सिना) ले १४ हजार ४९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्