
काठमाडौं । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५ सय ९८ मतसहित अग्रता कायमै राख्नुभएको छ ।
उहाँले नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई ४ हजार ६ सय २४ मत अन्तरले पछाडि पार्नुभएको छ। थापाले १२ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा भने ५ हजार ८ सय ७९ र राप्रपाका उम्मेदवार प्रह्लाद शाहले ३ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। साथै जनमत पार्टीका अरुण मण्डलले ४ सय ६२, लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २ सय ९ मत प्राप्त गरेका छन्।
साथै उपमेरमा पदमा भने नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिइरहनुभएको छ। उहाँले १५ हजार ४० मत प्राप्त गर्दा जसपाका अमरेन्द्र यादवले ९ हजार १ सय ७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २ सय १२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीकी अन्नु कुमारी कामतले ६ सय ६८, लोसपाकी सहनाज खातुनले ४ सय ९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २ सय ५२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्