८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एनसेलको डेटा र एसएमएस सेवा अब ‘लोन’मा पाइने


0
Shares

काठमाडौं, चैत २९ । एनसेलले डेटा र एसएमएस सेवा अब ‘लोन’मा पनि उपलब्ध गराउने भएको छ ।

एनसेलका प्रिपेड ग्राहकले अब आफूसँग ‘मेन ब्यालेन्स’ नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिनसक्ने भएका छन् ।

नयाँवर्ष २०७७ को अवसरमा एनसेलले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पुर्‍याउँदै शनिबारबाट नयाँ योजना ल्याएको जनाएको छ ।

यस अफरअन्तर्गत् एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० ‘एसएमएस प्याक’ करसहित मात्र २० रुपैयाँमा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

लकडाउनले गर्दा ग्राहकहरुलाई ब्यालेन्स रिचार्जमा समस्या परेको हुनसक्ने भन्दै एनसेलले यो नयाँ योजना ‘न्यू इअर अफर’ल्याएको जनाएको छ ।