
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठेर प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै सांसद रिजालले प्रधानमन्त्री छँदा बोलेका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुरा गरेको आरोप लगाउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले आर्थिक तथा वित्तीय क्षेत्रमा मुलतः पुनः संरचना हुन नसकेको टिप्पणी गर्नुभयो ।
आर्थिक र वित्तीय क्षेत्र सही रूपमा अझ पुनर्संरचना हुन भन्दै उहाँले यसलाई सही ढंगले आत्मसाथ नगर्दासम्म आर्थिक क्षेत्रमा परिवर्तन हुन नसक्ने बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद जीवनराम श्रेष्ठले कृषि क्षेत्रको सुधारका लागि र कृषि क्षेत्रको स्तरोन्नत्तिका लागि सरकारले मल उद्योग खोल्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सांसद श्रेष्ठले नेपालको संघीय राजधानी काठमाडौंलाई बस्न लायक र हेर्न लायक बनाउनु राज्यको पहिलो आवश्यक्ता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्