
काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वर नारायण मानन्धर र उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत विजयी भएका छन्।
भिमेश्वर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार ईश्वर नारायण मानन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार हरिवंश चौलागाई ७ हजार ३ सय १ मत मात्र प्राप्त गरेर पराजित हुनुभएकाे हाे।
त्यस्तै, साेही नगरपालिकामा उपमेयरमा नेकपा एमालेकी कमला बस्नेत ७ हजार २ सय ६४ मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी उपमेयरकी उम्मेदवार संगीता तामाङ ६ हजार ९ सय २१ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्