१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालुवाटारमा आज बलात्कारविरुद्ध प्रदर्शन


468
Shares


काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि आज (शुक्रबार) दबाव दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठीने पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । करिब ८ वर्षपछि घटनाको जाहेरी दिएपछि कुनैपनि कानून नलाग्ने कुरालाई लिएर जाहेरी दिने हदम्याद घटाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।

प्रर्दशनीमा युवतीहरूको संलग्न बढी छ । यो घटनामा प्रधानमन्त्रीसमेतको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको माग छ । पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै यो प्रर्दश सुरु गरेका हुन् ।