२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु


286
Shares

काठमाडौं । कञ्चनपुरमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएकाे छ ।

शुक्रबार राति कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गमा जीप र मोटरसाईकल एक-आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षका भुतेश बम रहेको प्रहरीले जनाएको छ।

महेन्द्रनगरदेखि धनगढीतर्फ गइरहेको जीप र झलारीदेखि महेन्द्रनगरतर्फ आइहेको मोटरसाइकल एक-आपसमा ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइतेहरूको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

चालक र जीपलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।