
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
कारोबार हुने साताको पहिलो दिन सोमबार ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.६९ अंकले घटेर ४२९.०५ कायम भएको छ ।
नेप्से घटेसँगै कारोबार रककममा पनि गिरावट आएको छ । यसदिन २ सय २४ कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँको कारोबार भयो ।
सोमबार म्यचुल फन्ड, लगानी र अन्य समूह एक अंकले घट्दा बैंक, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादन र लघुवित्त दोहोरो अंकले ओरालो लागेको छ ।
जीवन बीमा र निर्जीवन बीमा समूहमा भने तीन अंकको पहिरो गएको छ ।
यस दिन १३ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ७८ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनी भने स्थिर रहेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्