
काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले पेट्रोलिय पद्धार्थको मूल्यवृद्धि गरेर सरकार हुनुको अनुभुति दिलाउन नसकेको बताउनुभएको छ ।
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले मूल्यवृद्धि गराएर जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको बताउनुभयो ।
मूल्यवृद्धिको कारण सबै क्षेत्रमा असर पुगेको उहाँको भनाइ छ । विगत सात महिनामा गरिएको पेट्रोलियम पदार्थको मूल्यवद्धिले जनता अत्यधिक मारमा रहेको उहाँले बताउनुभयो ।
भारतले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हुँदा करको दायरा कम गरेको स्मरण गराउँदै उहाँले जनतालाई प्रत्यक्ष राहत दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्