
काठमाडौं । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य शर्माले मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेकाले मूल्य घटाउन आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचन धेरै महंगो भएको भन्दै महंगो निर्वाचन प्रणालीलाई सच्याउनुपर्नेमा उहाँको जोड छ । उहाँले स्थानीय तहमा स्वतन्त्र प्रणाली विकास गर्ने तथा संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्नुपर्ने बताउनुभयो ।
यस्तै, उहाँले मंकीपक्स संक्रमण विश्वका विभिन्न देशमा फैलिइसकेकाले नेपालमा यो संक्रमण भित्रिन नदिन सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।
राष्ट्रियसभा सदस्य शर्माले बलात्कार अपराधीलाई कानूनी दायरामा ल्याउन कानून संशोधन गर्नुपर्ने बताउनुभयो । पीडितको न्यायका लागि सरकारले विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्