
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ ।
साहले १३ हजार ४ सय ६५ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याउनुभयो ।
गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साह ५ हजार १ सय ९४ मत ल्याउँदै चौथो हुनुभयो । लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुनुहुन्थ्यो ।
तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याउनुभयो ।
त्यस्तै जनकपुरधामको उप–प्रमुखमा गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ५ सय २५ मत ल्याउँदै उप–प्रमुखमा निर्वाचित हुनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याउनुभयो । लोसपाका उप–प्रमुखको उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उप–प्रमुख हुन् ।
प्रतिक्रिया दिनुहोस्