७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आज पनि सुनचाँदीको मूल्य स्थिर


429
Shares

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।