
हेटौंडा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा जोशजाँगर भएका युवाशक्तिको खाँचो रहेको बताउनुभएको छ ।
गठबन्धनको तर्फबाट विजयी भएका मेयर मिना लामा र उपमेयर राजेश बानियाँलाई बधाई दिन मकवानपुरको हेटौंडा पुग्नुभएका अध्यक्ष नेपालले योजनाबद्ध ढङ्गले जनअपेक्षाअनुसार काम गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय, सामाजिक समानता, विकास तथा समृद्धिको उदेश्य पूरा गर्न विशेष ध्यान दिएर काम गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नवनिर्वाचत मेयर लामाले विपन्न बर्गलाई स्वास्थ्य बीमा र एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था सुरु गरेर पहिलो काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक सेवा, स्वास्थ्य सेवा, शिक्षा तथा पूर्वाधार निर्माणतर्फ विशेष ध्यान केन्द्रीत गरेर काम गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्