१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाकाे एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु


442
Shares

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु भएको छ ।

टेक्ससको एक प्राथमिक विद्यालयमा १८ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालकालिका र ३ शिक्षकसहित २१ जनाकाे मृत्यु भएको छ। टेक्ससको रोब इलिमेन्टरी विद्यालय नजिकै गाडी पार्क गरेर विद्यालयमा प्रवेश गरेका साल्भाडोर रामोस नामका १८ वर्षीय युवकले ह्याण्डगन र राईफलबाट अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

आक्रमणकारी युवक पनि प्रहरी कारबाहीमा मारिएका छन्। घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सामान्य चेतना प्रयोग गरेर बन्दुकमाथि प्रतिबन्ध लगाउने विधेयक अघि बढाउन प्रतिनिधिसभाका सांसदहरूलाई आग्रह गर्नुभएको छ । कसैले आफ्नो बच्चा गुमाउनु भनेको उसको मुटु झिक्नु सरह हो भन्दै बाइडेनले आफू यस्ता घटना सुन्दा सुन्दा थकित र बिरामी भईसकेको बताउनुभएको छ।

अमेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा २ सय बढीको मृत्यु हुने गरेको छ । जसमा अधिकांश गोलीकाण्ड विद्यालय र कलेजहरुमा हुने गरेका छन् । यो घटनाको सामाजिक सञ्जालमा व्यापक निन्दा भएको छ ।

अमेरिकाको भ्वाइलेन्स आर्काइभको तथ्यांक अनुसार यो वर्ष मात्रै अमेरिकाका विभिन्न शहरमा भएका त्यस्तै गोलीकाण्डमा २ सय १२ जनाको ज्यान गईसकेको छ ।