
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
बाघका कारण पटक पटक मानवीय क्षति भइरहेको भन्दै घाँस दाउरा काट्न तथा वस्तुभाउ चराउन जाँदा होशियारी अपनाउन जिल्ला प्रहरी कार्यलय बर्दियाले सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्