७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राजस्थानलाई हराउँदै गुजरात फाइनलमा


195
Shares

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटान्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो ।

खेलमा पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोड्यो । राजस्थानका लागि जोस बट्लरले ५६ बलमा ८९ रन जोडे ।

जवाफमा १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । गुजरातको जितमा डेभिड मिलरको अविजित ६८ रन महत्वपूर्ण रह्यो । अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा मिलरले सुरुवाती तीन बलमा लगातार तीन छक्का हान्दै गुजरातलाई फाइनलमा पुर्‍याए ।

आईपिएल क्रिकेको नव प्रवेशी टोली गुजरात पहिलो सिजनमै फाइनलमा पुग्न सफल भएको हो । पराजित टोली राजस्थानले पनि फाइनल प्रवेशको लागि दोस्रो क्वालिफयर खेल्ने मौका पाउनेछ ।

बुधबार हुने लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको विजेतासँग राजस्थानले शुक्रबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।