
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित हुनुभएको छ ।
उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।
पहिलो पटक २०१७ मा निर्वाचित हुनुभएका गेब्रेयससलाई जेनेभामा भएको ७५ औं विश्व स्वास्थ्य सम्मेलनबाट फेरि अर्को कार्यकालका लागि निर्वाचित गरिएको हो ।
उक्त पदका लागि गेब्रेयसस एक्लो उम्मेदवार हुनुहुन्थ्यो । स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उहाँको भनाइ छ ।
महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगष्टदेखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्