
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाएको छ ।
बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको तलब बढाएको हो ।
बढेको तलब २०२२ अप्रिल १ गतेबाट लागु हुने क्यानले जनाएको छ ।
क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० हजारका दरले बढाएको छ । त्यस्तै महिलातर्फ क्यानले सी ग्रेडमा रहने खेलाडीको ५ हजार, ए र बी ग्रेडमा रहने खेलाडीको ६ हजारको दरले बढाएको छ ।
क्याननले मैदानका सम्पूर्ण कर्माचारीहरुको तलब ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र टियु पिच क्विरेटरको तलब मासिक ६ हजारको दरले बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्