
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हाल सञ्चालनमा रहेका लिगलाई राष्ट्रिय मान्यता प्राप्त लिगको मान्यता नदिने भएको छ ।
क्यानको मंगलबार सम्पन्न बोर्ड बैठकले अहिलेसम्म सञ्चालनमा रहेका लिगहरू एभरेष्ट प्रिमियर लिग (ईपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल)लाई राष्ट्रिय मान्यता प्राप्त लिगको मान्यता नदिने भएको हो ।
संघले आफ्नै लिग नेपाल टी–२० लिग सञ्चालन गर्न लागेको जानकारी दिँदै महासचिव प्रशान्तविक्रम मल्लले उनीहरूले चाहेको खण्डमा क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय भएको बताउनुभयो ।
यसअघि मंगलबार मात्र विज्ञप्ति जारी गर्दै क्यानले आफूहरुलाई दिइएको धम्कीप्रति खेद प्रकट गरेको थियो ।
त्यसअघि सोमबार ईपीएल आयोजक आमिर अख्तरसहित विभिन्न टीमले क्यानले आफूहरूलाई बाइपास गरे क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्