१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनआईसी एशियाको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी


143
Shares

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी नियुक्त हुनु भएको छ ।

बैंकको सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएका राठीलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनुभएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएको छ । राठीको नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने विश्वास लिएको छ ।