
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले आज बिहीबार टर्च लाइट जुलुस निकाल्दै छन् ।
बिहीवार साँझ काठमाडौंका विभिन्न स्थानमा टर्च लाइट जुलुस निकाल्न लागिएको हो ।
जनता मारमा परेको बेलामा पनि सरकारले जनताकै ढाड सेक्ने काम गरेको भन्दै सरकार खोज्नको लागि विद्यार्थी संगठनले टर्च लाइट जलुस निकाल्न लागेको हो ।
सरकारले गत आइतबार प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
अहिले पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईको इन्धनको मूल्य १६६ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय पुर्याएको छ । यसको बिरोधमा विद्यार्थी संगठनहरुले चरणवद्ध बिरोधप्रदर्शन गर्दै आएका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृृद्धि अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै भएकोले मूल्यवृद्धि फिर्ता गर्न नसकिने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्