१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


फोर्ब्स म्यागेजिनको सूचीमा पाँच नेपाली


2.379k
Shares

एजेन्सी । अमेरिकी म्यागेजिन फोर्ब्सले यो वर्षको एसियाका थर्टी अन्डर थर्टी एसिया अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।

जसमा नेपालबाट पाँच जना नेपालीहरू सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे सूचीकृत भएका छन् ।

यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएकोमा तीन सय जना छनोट गरिएकोमा पाँच जना नेपालीहरू पर्न सफल भएका हुन् ।

सूचीकृत नेपालीहरूमा २९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक हुनुहुन्छ भने सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहनुभएको छ ।

ऐश्वर्या रानी सिंह पुतली नेपालकी संस्थापक हुनुहुन्छ । यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था हो ।

निरज काफ्ले रिटेल एन्ड इ–कमर्स’ विधामा सूचीकृत हुनुहुन्छ भने सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह–संस्थापकहरू हुनुहुन्छ ।