
काठमाडौं । प्रतिनिधिसभामा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आयय निगमलाई निजीकरण गर्न लागेको भनाई आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा रहेको बताउनु भएपछि एमालेका सांसदहरुले नियमापत्ति जनाएका छन् ।
मन्त्री बडू बोल्दै गर्दा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै मन्त्री बडूका अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभयो । त्यसपछि एमालेका सांसदहरु उठेर विरोध गरेका थिए ।
एमाले सांसदहरुको विरोधपछि सभामुख अग्नि सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । भट्टराईले पनि मन्त्री बडूले बोलेको शव्दहरु रेकर्डबाट हटाउन र आयल निगमको घाटाबारे छानविन समिति बनाउनुपर्ने बताउनुभयो ।
त्यसपछि पुनः अधिकारीले मूल्य समायोजनका लागि छानविन समिति गर्न माग गर्दै मन्त्री बडूले बोलेका आपत्तिजनक शब्द नहटाएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
त्यसपछि सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताए पनि एमालेका सांसदहरुले बैठक अवरोध गरेपछि सभामुख सापकोटाले सदन १५ मिनेटका लागि स्थगित गर्नुभएको छ । ।
प्रतिक्रिया दिनुहोस्