
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र बूढानीलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा वेलनेस रिट्रिटको विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बूढानीलकण्ठमा निकै शान्त र प्राकृतिक सौन्दर्यको बीचमा रहेको मेराकी होलिस्टिक वेलनेस रिट्रिटले स्पा सम्बन्धी विभिन्न थेरेपी पनि प्रदान गर्दै आएको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिटको तर्फबाट रेसिडेन्ट म्यानेजर अरुणकुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्