
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा दूरगामी असर पार्ने टिप्पणी गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नरहेको तर्क गर्दै सो विमानस्थलको निर्माण रोक्ने आदेशले विकासमा दूरगामी असर पार्ने बताउनुभयो ।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफमा डा. भट्टराईले वीरगञ्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्न निजगढ विमानस्थल भरपर्दो हुने बताउनुभयो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अघि बढाएको पनि स्मरण गराउनुभयो ।
भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्