८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाजुराको कोल्टिमा नि:शुल्क आँखा शिविर सञ्चालन


338
Shares

महेश कार्की

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ केन्द्रमा कोल्टी नि:शुल्क आँखा शिविर सञ्चालन भएको छ ।

आज (शनिबार) देखि ३ दिनसम्म चल्ने शिविरमा मोतीबिन्दु, आँखा कम देख्ने, आँखामा मासु पलाएको, जलबिन्दु , आँखाको अप्रेसन लगायतका आँखाका बिरामीको उपचार हुने गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द विस्टले जानकारी दिनुभएको हाे । बुढिनन्दा नगरपालिका र कोल्टी प्रथमिक स्वास्थ केन्द्र कोल्टिको समन्वय तथा गेटा आँखा अस्पताल धनगढीको आयोजनामा सञ्चालन भएको शिविरमा ठूलो संख्यामा खाका बिरामीहरुले सेवा पाउने नेत्र अधिकृत विस्टको भनाइ छ ।

करिब ३ वर्षपछि बाजुराको कोल्टी क्षेत्रमा आँखा शिविर बस्दा बिरामीको पनि चाब बढी नै देखिएको छ । घरमा आर्थिक अवस्था कम्जोरका कारण आँखाको उपचार गराउन गाह्रो थियो अहिले जिल्लामै आँखा शिविर बस्दा नि:शुल्क उपचार गर्न पाउदा खुशी भएको स्वामी कार्तिक खापर गाउँपालिका-१ का धनिकला बिकले बताउनुभयाे ।

साे शिविरबाट बाजुरा, हुम्ला, मुगु र कालिकोटसम्मका बिरामीहरुले सेवा पाउने कोल्टी प्राथमिक स्वास्थ केन्द्रका डाक्टर चेत बहादुर धामिले बताउनुभएको छ ।