१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गेटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको तयारी


1.261k
Shares

काठमाडौं । सुदूरपश्चिमको घनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेज यसै वर्षदेखि तीनसय शय्याको अस्पताल सञ्चालनमा आउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनको लागि २ अर्ब रुपैयाँको बजेट मेडिकल कलेजका लागि बजेटमा प्रस्ताव गरिएको छ ।

यस्तै, सरकारले गेटा अस्पताल सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयका ११ तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जनासमेत गरेको छ ।

गत चैतमा सरकारको एक विज्ञ समितिले मेडिकल कलेजको स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो ।

मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा ३ सय शय्याको अस्पताल ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ ।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीति अनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो ।