
काठमाडौं । इजरायल अधिनष्ट जेरुसेलमको दमास्कस गेट नजिकै दक्षिणपन्थी इजरायलीहरूले उत्तेजक प्रदर्शन गरेका छन् ।
इजरायलीहरूले जेरुसेलम कब्जा गरेको दिनको सम्झनामा फ्ल्याग डे मनाउने क्रममा दक्षिणपन्थीहरूले अरबीहरू विरुद्ध उत्तेजक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । फ्ल्याग डे मा इजरायलीहरू पूरै जेरुसेलम एकीकरणको मुद्दा चर्काउने गर्दछन् ।
जेरुसेलमको पुरानो शहरबाट प्रदर्शन अगाडि बढाउने क्रममा उनीहरूले अरबीहरू मुर्दावादको नारा लगाएका थिए । त्यस क्रममा उनीहरूले अल अक्सा मस्दिजमा पसेर यहुदी झण्डा प्रदर्शन गरेका थिए भने हिंसा नहोस भनेर इजरायली सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।
उता, पश्चिम किनारामा इजरायली सुरक्षाकर्मी र प्यालेस्टिनी प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । दक्षिणपन्थी इजरालयीहरूको प्रदर्शनपछि प्यालेस्टिनी राष्ट्रपति इसाक हरजोगले इजरायलीहरू आगोसँग खेलिरहेको प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्