१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंका नवनिर्वाचित मेयर शाहले आज सपथ लिँदै


442
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ ।

बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ ।

त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनु हुनेछ ।

सपथ लगत्तै मेयर शाह र उपमेयर डंगोलले महानगरपालिकामा गएर पद वहाली गर्नु हुनेछ भने अन्य पदाधिकारीहले पनि सोमबार नै पद बहाली गर्नु हुनेछ ।

पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।