
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत पुग्नुभएको छ ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार राष्ट्रपति भण्डारी मंगलबार सुर्खेत आउनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी अपराह्न पौने दुई बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुग्नुभएको जानकारी दिनुभयो ।
भण्डारी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीले आज सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुभ
प्रतिक्रिया दिनुहोस्