१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदीप र दिया अभिनित ‘प्रकाश’को टिजर सार्वजनिक (भिडियो)


481
Shares

काठमाडौं । प्रदीप खड्का र दिया मास्के अभिनित फिल्म ‘प्रकाश’को टिजर सार्वजनिक भएको छ । वैशाख १ गते नै हलमा सार्वजनिक गरिएको टिजर मंगलबार युट्युबमा पनि सार्वजनिक गरिएको हो ।

भदौ १० गतेबाट रिलिजको तयारीमा रहेको फिल्ममा जनयुद्धका कारण वेपत्ता आफ्ना श्रीमान् र पितालाई पर्खिरहेका परिवारको कथा देखाइएको छ ।

कर्णालीको परिवेशका पहिरन, संवाद र शैलीले कलाकारहरुलाई जीवन्त देखाइएको छ । फिल्मले सरकारी स्कुलको जागिर खानका लागि एक यूवाले गर्ने संघर्ष पनि देखाएको छ ।

विकास सुवेदीको लेखनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशन दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । महेन्द्र अधिकारीको लगानीमा यो फिल्म निर्माण भएको हो ।