
काठमाडौं । शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा मंगलबार राति भएको क्वाटरफाइनलमा स्पेनका नाडाल चिरपरिचित प्रतिद्वन्द्वी सर्वियन टेनिस खेलाडी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
जोकोभिच विरुद्धको खेल ६–२, ४–६, ६–२ र ७–६ ले आफ्नो पक्षमा पार्न नादालले ४ घण्टाभन्दा बढी सयम कोर्टमा खर्चनु परेको थियो ।
यो जितसँगै नादालले क्ले–कोर्टमा आफु सर्वकालिन महान खेलाडी भएको प्रमाण मात्रै दिएनन्, किर्तीमानी २२ औं ग्रान्डस्लाम उपाधिको यात्रामा एक कदम अगाडि पनि बढे ।
नादालले अब सेमिफाइनलमा जर्मन खेलाडी अलेक्जेण्डर भेरेभसँग प्रतिस्पर्धा गर्नेछन् । जर्मनीका २५ वर्षीय जेभेरेभले स्पेनका युवा सनसनी कार्लोस एल्कारेजलाई ६–४, ६–४, ४–६ र ७–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्