१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तारा एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज परिवारलाई बुझाउँदै


351
Shares

काठमाडौं । गत आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आज बिहीबार आफन्तलाई बुझाइने भएको छ ।

दुर्घटनामा निधन भएका २२ जनाकै शव पोस्टमार्टम लागि शिक्षण अस्पतालमा राखिएकोमा पोष्टमार्टमको काम सकिएकाले शव बिहीबार आफन्तलाई बुझाउन लागिएको हो ।

पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र ३ जर्मनी नागरिकको निधन भएको थियो ।