
काठमाडौं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले आधारहीन बजेट ल्याएको बताउनु भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले यस्तो बताउनुभएको हो ।
बजेटले उत्पादन वृद्धि गर्न नसक्ने हुँदा सरकारी कोषमा पैसा नहुने भन्दै ज्ञवालीले साथै व्यापार घाटा पनि घटाउन नसक्ने जिकीर गर्नुभयो । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उहाँले भन्नुभयो ।
ज्ञवालीले आर्थिक वर्षको बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्