
सुर्खेत, वैशाख ६ । सुर्खेतका दुई युवाले आफैंले बनाएको पुरै शरीर स्यानिटाइज गर्ने अत्याधुनिक मेसिन (स्यानिटाइजर गेट) वीरेन्द्रनगर नगरपालिकालाई दिएका छन् ।
कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले राजेन्द्र विष्ट र श्यामकुमार विष्टले स्यानिटाइजर गेट बनाएर नगरपालिकालाई सहयोग गरेका हुन् ।
दुवैजनाले शनिबार नगरपालिका कार्यालमै पुगेर मेसिन हस्तान्तरण गरेका हुन् ।
स्यानिटाइजर गेट कोरोना रोगको संक्रमणलाई नियन्त्रण र रोकथाममा निकै उपयोगी हुने उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
सोलारजडित यो मेसिनले तत्कालै मानिसको शरीरमा स्यानिटाइज गर्दछ भने कोरोना रोगको संक्रमण हुन र नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
मेसिनको लागत करिब ५० हजार रुपैयाँ रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्