
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नहिड्ने बताउनुभएकाे छ ।
भरतपुरमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेसको नेतृत्व नेकपा एमालेकाे जस्तो अहंकारको बाटोमा हिड्छ कि भन्ने आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभएकाे छ । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएको सन्दर्भमा नेता महतले यस्तो बताउनुभएको हो ।
तर सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतकाे तर्क छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन दलहरूबीच सहकार्य गर्ने सहमति भएको बताउदै उहाँले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्