
काठमाडौं । मध्य तथा पश्चिमी अफ्रिकामा मंकीपक्स राेगको महामारी व्यापक रुपमा फैलिएको छ ।
साथै नियन्त्रणमा रहेको युरोपेली मुलुकमा फ्रान्समा समेत ५१ जनामा मंकीपक्स संक्रमण पुष्टि भएकाे हाे। विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँकाे स्वास्थ्य अधिकारीले जनाएका छ । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्ना गरिएको जनाइएको छ । हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् ।
मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ।
प्रतिक्रिया दिनुहोस्