
काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हदम्याद राख्ने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै आज (शुक्रबार) पनि काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन भएकाे छ ।
पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूलनारासहित सो प्रदर्शन गरिएको हो । सडकमा पलेटी कसेर बसेका प्रदर्शनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन ।
उनीहरुले दया होईन, न्याय दे, हामी चुप लागेर बस्दैनौं’ र पीडाको कुनै हदम्याद हुँदैन भन्ने लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्