
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।
काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएकाे बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम समीक्षा हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू सहभागी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्