
फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामबाट अत्यन्तै असन्तुष्ट रहेको बताउनुभएको छ ।
तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताउनुभयो । उहाँले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उहाँको भनाइ छ ।
‘स्थानीय निर्वाचनको परिणामबाट अलिअलि मात्र होइन, बेहद असन्तुष्ट छौं,’ उहाँले भन्नुभयो, ‘गठबन्धन पनि सम्मानजनक सिट बाँडफाँट भएन, त्यसैमा हो हामी असन्तुष्ट भएका ।’
आफ्ना असन्तुष्टिहरु पाँचदलबीचमा पनि राखेको र आफूहरुले पनि समीक्षा गरिरहेको सम्मानि नेता खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्